उम्मेदवारीमा क्षेत्री-ब्राम्हण (खस आर्य) धेरै, दोस्रोमा जनजाति
पाेखरा | असोज ३०, २०७९
पोखराः मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ ।
असोज २३ गते मनोनयन दर्ता भएपनि २६ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन आयोगले दिएको थियो । केही राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिए भने केहीले विज्ञप्तीमार्फत उम्मेदवारी फिर्ता लिइरहेका छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा सहभागी हुने समावेशी समूहको अन्तिम सुची निर्वाचन आयोगले प्रकाशित गरेको छ ।

निर्वाचन आयोगका अनुसार कूल उम्मेदवार २ हजार ४१२ मध्ये १ हजार १७ उम्मेदवारसँगै क्षेत्री-ब्राम्हण (खस आर्य) समुदायका उम्मेदवार पहिलो नम्बरमा परेका छन् ।
यसैगरी, दोस्रो नम्बरमा ६ सय ४१ जना आदिवासी जनजाति समुदायका उम्मेदवार रहेका छन् ।
यस्तै आयोगका अनुसार ५ सय ६ जना उम्मेदवारसँगै मधेसी समुदायका उम्मेदवार तेस्रो नम्बर रहेका छन् । ९७ जना उम्मेदवारसँगै दलित समुदायका उम्मेदवार चौथो नम्बरमा रहेका छन् ।
८२ उम्मेदवारसँगै मुस्लिम समुदायका उम्मेदवार पाँचौ नम्बरमा रहेका छन् भने ६९ जना उम्मेदवारसँगै थारु समुदायका उम्मेदवार छैठौ नम्बरमा रहेको निर्वाचन आयोग नेपाले जनाएको छ ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

