उम्मेदवारीमा क्षेत्री-ब्राम्हण (खस आर्य) धेरै, दोस्रोमा जनजाति
पाेखरा | असोज ३०, २०७९
पोखराः मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ ।
असोज २३ गते मनोनयन दर्ता भएपनि २६ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन आयोगले दिएको थियो । केही राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिए भने केहीले विज्ञप्तीमार्फत उम्मेदवारी फिर्ता लिइरहेका छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा सहभागी हुने समावेशी समूहको अन्तिम सुची निर्वाचन आयोगले प्रकाशित गरेको छ ।

निर्वाचन आयोगका अनुसार कूल उम्मेदवार २ हजार ४१२ मध्ये १ हजार १७ उम्मेदवारसँगै क्षेत्री-ब्राम्हण (खस आर्य) समुदायका उम्मेदवार पहिलो नम्बरमा परेका छन् ।
यसैगरी, दोस्रो नम्बरमा ६ सय ४१ जना आदिवासी जनजाति समुदायका उम्मेदवार रहेका छन् ।
यस्तै आयोगका अनुसार ५ सय ६ जना उम्मेदवारसँगै मधेसी समुदायका उम्मेदवार तेस्रो नम्बर रहेका छन् । ९७ जना उम्मेदवारसँगै दलित समुदायका उम्मेदवार चौथो नम्बरमा रहेका छन् ।
८२ उम्मेदवारसँगै मुस्लिम समुदायका उम्मेदवार पाँचौ नम्बरमा रहेका छन् भने ६९ जना उम्मेदवारसँगै थारु समुदायका उम्मेदवार छैठौ नम्बरमा रहेको निर्वाचन आयोग नेपाले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

